गुगलले ल्यायो नयाँ चिप, जसको गति हुनेछ अचम्मको
मङ्गलबार, २५ मङ्सिर २०८१, १३ : २७
काठमाडौँ । विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई दस सेप्टिलियन वर्ष (१०,००,००,००,००,००,००,००,००,००,००० वर्ष) लाग्ने समस्या मात्र पाँच मिनेटमा समाधान गर्न सक्ने एउटा चिप गुगलले लन्च गरेको छ । यो क्वान्टम कम्प्युटिङको क्षेत्रमा फरक प्रकारको चिप हो।
पार्टिकल फिजिक्सका सिद्धान्तहरू प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ। गुगलले यसको नाम राखेको छ - विलो ।
गुगलले आफ्नो चिप अभूतपूर्व उपलब्धि भएको बताएको छ। यद्यपि, विलो अझै पनि धेरै हदसम्म प्रयोगात्मक यन्त्र हो, जसको अर्थ वास्तविक-विश्व समस्याहरू समाधान गर्न सक्षम र शक्तिशाली क्वान्टम कम्प्युटर निर्माण गर्न अझै वर्षौँ बाँकी रहेको विज्ञहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण