गुगलले ल्यायो नयाँ चिप, जसको गति हुनेछ अचम्मको
मङ्गलबार, २५ मङ्सिर २०८१, १३ : २७

काठमाडौँ । विश्वको सबैभन्दा छिटो सुपर कम्प्युटरलाई दस सेप्टिलियन वर्ष (१०,००,००,००,००,००,००,००,००,००,००० वर्ष) लाग्ने समस्या मात्र पाँच मिनेटमा समाधान गर्न सक्ने एउटा चिप गुगलले लन्च गरेको छ । यो क्वान्टम कम्प्युटिङको क्षेत्रमा फरक प्रकारको चिप हो।
पार्टिकल फिजिक्सका सिद्धान्तहरू प्रयोग गरी यो चिपबाट नयाँ प्रकारको अत्यन्त शक्तिशाली कम्प्युटर बनाउने प्रयास भइरहेको छ। गुगलले यसको नाम राखेको छ - विलो ।
गुगलले आफ्नो चिप अभूतपूर्व उपलब्धि भएको बताएको छ। यद्यपि, विलो अझै पनि धेरै हदसम्म प्रयोगात्मक यन्त्र हो, जसको अर्थ वास्तविक-विश्व समस्याहरू समाधान गर्न सक्षम र शक्तिशाली क्वान्टम कम्प्युटर निर्माण गर्न अझै वर्षौँ बाँकी रहेको विज्ञहरू बताउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान