आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न प्रस्तावित राजदूतहरूलाई सीएनआईको आग्रह
![आर्थिक कूटनीतिलाई प्राथमिकता राख्न प्रस्तावित राजदूतहरूलाई सीएनआईको आग्रह](https://npcdn.ratopati.com/media/news/whatsapp-image-2024-12-10-at-1.58.11-pm-(1)_jfJUrFGqcb.jpg)
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले प्रस्तावित राजदूतहरूसँग आर्थिक विषय केन्द्रित छलफल गरेको छ । छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरे ।
आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्ताहरूलाई नेपालसँग जोड्न राजदूतहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नुपर्ने बताए । अग्रवालले भने, ‘कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिकभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको हुन्छ । त्यसकारण व्यवसायका माध्यमबाट देशको ब्राण्डिङ गर्न प्रस्तावित राजदूतहरूलाई हाम्रो आग्रह छ ।’
छलफलमा परराष्ट्र मन्त्रालयका कामयमुकायम सचिव अमृतबहादुर राईले देशको प्रतिनिधिको रूपमा राजदूतहरूले नेपाली वस्तुहरूको प्रवर्द्धन, र नेपाली व्यवसायीहरूको सहजीकरण गर्नुपर्ने बताए । उनले नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा आवश्यक सहजीकरणमा केन्द्रित हुन आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले खोस्यो १३ जना स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
-
१० बजे १० समाचार : नेकपा बहुमतमा धर्मेन्द्रको नेतृत्वदेखि पद थप्ने होमवर्कमा एमालेसम्म
-
इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्नसक्छ : प्रधानसेनापति
-
संघका कर्मचारीलाई सचिव बनाएपछि गण्डकीका स्वास्थ्य सचिव शर्मा पुगे अदालत
-
एमाले चौतर्फी घेराबन्दी तोडेर अघि बढिरहेको छ : ज्ञवाली
-
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ