वैद्यको पार्टीले संयुक्त मोर्चा गरी संघर्षका कामलाई अगाडि बढाउने
काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै जाने निष्कर्ष निकालेको छ ।
पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ । मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो ।
महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय लिइएको नेता सीपी गजुरेलले जानकारी दिए ।
जसअनुसार पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरूको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरू सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट उनलाई नै महासचिव चयन गरिएको गजुरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण