एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्यो
काठमाडौँ । पार्टी कार्यालय निर्माणका लागि नेकपा एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सरेको छ ।
निवेदन पक्षका कानुन व्यवसायीले पोखराको मानव अधिकार सम्मेलनमा भाग लिन जान परेकाले स्थगितको सूचना पेस गरेपछि मंगलबार मुद्दाको सुनुवाइ हुन नसकेको हो ।
जुन मुद्दा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा तोकिएको थियो । यसअघि पनि उक्त मुद्दा पालो नआउने हुँदै स्थगित हुँदै आएको थियो ।
व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दानमा जग्गा दिएपछि त्यसविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए । अव अर्को दिन नयाँ पेसी तोकिने छ।
गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए। सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।
उक्त मुद्दा सुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो भने पछि दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएको थियो । दर्ता भएको रिटको पहिलो सुनुवाइ गर्दै सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण