आय विवरण पेस गर्ने म्याद थप
मङ्गलबार, २५ मङ्सिर २०८१, १९ : २०
काठमाडौँ । सरकारले आय विवरण पेस गर्ने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गर्दै आय विवरण पेस गर्ने म्याद पौष मसान्तसम्म थप गरेको जनाएको हो ।
विभागको २३ गतेको निर्णयअनुसार आय विवरण पेस गर्ने म्याद थप गरिएको जनाइएको छ ।
निजी क्षेत्रका विभिन्न व्यावसायिक र व्यापारिक छाता संगठनहरु तथा करदाताहरूबाट आय विवरण पेस गर्ने म्याद पौष मसान्तसम्म कायम गरिदिन अनुरोध गरिएकाले वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूले आय विवरण पौष मसान्तसम्म बुझाउनुपर्ने छ ।
यसअघि विभागले वार्षिक २५ करोडसम्म कारोबार गर्ने करदाताहरू र कारोबार भएका निकायहरूको सम्बन्धमा मंसिर मसान्तसम्म र वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पौष २० गतेसम्म आय विवरण पेस गर्न पाउने म्याद थप गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण