दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा
बुधबार, २६ मङ्सिर २०८१, १० : ०७

सोल । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार प्रहरी मुख्यालयमा पनि छापा मारिएको छ ।
राष्ट्रपति युन सुक येओलले केही दिन अघि जारी गरेको ‘मार्शल ल’पछि छानबिनका क्रममा प्रहरीले छापामारी गरेको हो ।
योनहापका अनुसार छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत साता राष्ट्रपति येओलले ‘मार्शल ल’ जारी गरेका थिए । तर व्यापक विरोध भएपछि छोटो समयमै उनले त्यसलाई फिर्ता लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित