दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा
बुधबार, २६ मङ्सिर २०८१, १० : ०७
सोल । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार प्रहरी मुख्यालयमा पनि छापा मारिएको छ ।
राष्ट्रपति युन सुक येओलले केही दिन अघि जारी गरेको ‘मार्शल ल’पछि छानबिनका क्रममा प्रहरीले छापामारी गरेको हो ।
योनहापका अनुसार छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत साता राष्ट्रपति येओलले ‘मार्शल ल’ जारी गरेका थिए । तर व्यापक विरोध भएपछि छोटो समयमै उनले त्यसलाई फिर्ता लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण