कृषि सामग्री कम्पनी लिमिटेड सप्तरीको गोदाममा लागेको ताला खुल्यो
काठमाडौँ । कृषि सामग्री कम्पनी लिमिटेड सप्तरीको गोदाममा लागेको ताला खोलिएको छ । मलमा भएको कालोबजारी रोक्ने, संलग्नलाई कारबाही गर्ने र किसानहरुलाई आवश्यकताको आधारमा मल वितरण गर्नेसहितका चार बुँदे सहमतिपछि मंगलबार गरिएको तालाबन्दी बुधबार बिहान खोलिएको हो । तालाबन्दी खोल्दा जनमत पार्टीका अध्यक्ष सीके राउत, मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, सप्तरीका सबै स्थानीय तहका प्रतिनिधिलगायतको सहभागिता थियो ।
चार बुँदे सहमतिअनुसार संघीय सरकारबाट आएको र राजविराजस्थित कृषि सामाग्री केन्द्र तथा साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा रहेको मलखाद अविलम्ब वितरण गर्ने निर्णय भएको छ ।
त्यस्तै जिल्लामा माग बमोजिम मलखाद नआएको र आएको मलमा समेत कालोवजारी तथा कृतिम अभाव गर्ने सहकारी, डिलर र अन्य निकायलाई कारबाही गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै जिल्लामा आवश्यक मल संघ सरकारबाट ३० प्रतिशत पनि नभएकाले अविलम्ब आवश्यक मल माग गर्ने निर्णय गर्नुका साथै मल वितरण गर्दा कुनैपनि दलीय प्रभाव नराखी लाभग्राहीको प्राथमिकतालाई आधार बनाएर वितरण गर्ने निर्णय भएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।
यसअघि मलखाद वितरणमा बेथिति भएको भन्दै सप्तरीका पालिका प्रमुखहरूले विभिन्न माग राखी तालाबन्दी गरेका थिए । यो विवादमा बुधबार जनमत पार्टीका अध्यक्ष राउतसहित मुख्यमन्त्री सिंह धर्नासमेत बसेका थिए । धर्नापछि जनमत पार्टीले जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै मलखादको कालोबजारी रोक्ने तथा किसानलाई सुपथ मूल्यमा सहज तरिकाले मलखाद वितरण गराउन आग्रह गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण