नेपालकै पहिलो जम्बिज वेब सिरिजको टिजर क्रिसमसमा
काठमाडौँ । चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज "द लास्ट ट्रिप" ( अन्तिम यात्रा ) को टिजर यही क्रिसमसको दिन स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै समूहले उक्त जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्साउँछ । यो सिरिजको निर्माण ,कथा, पटकथा र निर्देशन सरोज अधिकारी आफैले गरेका छन् । कार्यकारी निर्मातामा विजय अधिकारी छन् ।
सिरिजमा सरोज अधिकारी, सिजल गौतम, विजय अधिकारी, सौरभ ढकाल, निश्चल कार्की, ज्योति खड्का, मिसेल घिमिरे, परीक्षित विक्रम राना, आयुश्मा भट्ट, सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, शिवराज गिरि, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, सङ्गीता शर्मा बस्याल लगायत कलाकार छन् ।
सिरिजमा संकल भुजेलको छायाङ्कन र सुरोज अधिकारीको सम्पादन, दीक्षित पौडेलको म्युजिक प्रोडक्सन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ , सुभाष तिमिल्सिनाको मेकअप रहेको छ । सिरिजको डबिङको जिम्मेवारी सम्राट न्यौपानेले लिएका छन् । सिरिजको पोस्टर डिजाइनरमा शान थापा रहेका छन् । एड्भेन्चर, कमेडी, हरर,रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण