उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
बुधबार, २६ मङ्सिर २०८१, २१ : ४९
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित विशेष कार्यक्रम (रिसेप्सन)मा सरिक भएका छन् ।
उक्त समारोहमा उपराष्ट्रपति यादवले नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीमार्फत् कतारका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सो समारोहमा यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण