दक्षिण कोरियाका राष्ट्रपतिले भने– म अन्तिमसम्म लडिरहनेछु
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले बिहीबार आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन् । युनले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै गत हप्ता मार्सल ल घोषणा गर्ने आफ्नो आश्चर्यजनक निर्णयको बचाउ गरेका हुन् ।
उनले आफ्नो प्रयास ‘लोकतन्त्रको पतन’ लाई रोक्ने र प्रतिपक्षको ‘संसदीय तानाशाही’ को विरोध गर्ने कानुनी निर्णय भएको बताए। दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ ।
तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरेका छन् । उनले भने, ‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।’
गत हप्ता मंगलबार र बुधबारको बिचमा, युन सुक-योलले देशमा मार्सल ल लागू गरेका थिए। तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठुलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।
प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा मारेको थियो । सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण