दक्षिण कोरियाका राष्ट्रपतिले भने– म अन्तिमसम्म लडिरहनेछु

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले बिहीबार आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन् । युनले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै गत हप्ता मार्सल ल घोषणा गर्ने आफ्नो आश्चर्यजनक निर्णयको बचाउ गरेका हुन् ।
उनले आफ्नो प्रयास ‘लोकतन्त्रको पतन’ लाई रोक्ने र प्रतिपक्षको ‘संसदीय तानाशाही’ को विरोध गर्ने कानुनी निर्णय भएको बताए। दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ ।
तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरेका छन् । उनले भने, ‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।’
गत हप्ता मंगलबार र बुधबारको बिचमा, युन सुक-योलले देशमा मार्सल ल लागू गरेका थिए। तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठुलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।
प्रहरीले बुधबार राष्ट्रपतिको कार्यालय र प्रहरी प्रधान कार्यालयमा छापा मारेको थियो । सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको प्रहरीले जनाएको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने
-
एमाले केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश, अध्यक्ष थापाले भने - जेठ १५ को आन्दोलन शान्तिपूर्ण हुन्छ
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सुपारीको डीएनए परीक्षणमा सांसदहरूको जोड, विपक्षमा मन्त्री र कर्मचारी
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो