बिहीबारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने
काठमाडौं । नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२:१२ एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।सिप्रदी ट्रेडिङका अनुसार बिहीवारदेखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ ।
यो एक्सचेन्ज क्याम्प टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।
यसकासाथै, यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।
यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण