दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने
नयाँ दिल्ली । दिल्ली सरकारले महिलालाई मासिक एक हजार भारु दिने भएको छ । यसलाई महिला सम्मान योजना नाम दिइएको छ । १८ वर्ष उमेर पूरा गरेका प्रत्येक महिला यस योजनाको दायरामा आउनेछन् ।
दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले बिहीबार यो योजनाको घोषणा गरेका हुन् । उनले यस योजनाका लागि आजैदेखि दर्ता सुरु हुने बताए । केजरीवालले चुनावपछि महिलालाई दिइने रकमलाई बढाएर प्रतिमहिना २१ सय रुपैयाँ पुर्याउने पनि बताए ।
त्यस्तै अटो चालककी छोरीको विवाहका लागि १ लाख रुपैयाँ दिइनेछ । अटो चालकका छोराछोरीलाई कोचिङको लागि पैसा दिइनेछ ।
होली र दीपावलीमा बनाएको पोशाक लिन साढे दुई हजार रुपैयाँ दिइनेछ । त्यस्तै १० लाख रुपैयाँको जीवन बीमा र ५ लाख रुपैयाँको दुर्घटना बीमा उपलब्ध गराइनेछ ।
अर्को वर्ष फेब्रुअरीमा दिल्लीमा विधानसभाको चुनाव हुँदैछ। केजरीवालले आम आदमी पार्टी (आप) र कांग्रेसबिच चुनावअघि गठबन्धन गर्ने अनुमानलाई अस्वीकार गरे। केजरीवालले आम आदमी पार्टी एक्लै चुनाव लड्ने स्पष्ट ।
बुधबार आपले दिल्ली विधानसभा चुनावमा कांग्रेसलाई १५ सिट दिने विचार गरिरहेको समाचार आएको थियो । तर केजरीवालले X मा पोस्ट मार्फत गठबन्धनको कुरालाई अस्वीकार गरेका छन्। आपले हालसम्म ३१ सिटका लागि उम्मेदवार घोषणा गरेको छ । सन् २०२० को चुनावमा, आपको २७ सिटमा विधायक थिए, जबकि बीजेपीका ४ विधायक थिए। यस पटक आम आदमी पार्टीले २७ मध्ये २४ विधायक अर्थात ८९ प्रतिशतको टिकट रद्द गरेको छ । -दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण