‘एक्टिङ स्टार’को जुरीमा नीर, अनुप र ऋचा
_t0KUThGuTF.jpg)
काठमाडौँ । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । आयोजकले अभिनयका बादशाह भनेर चिनिने नीर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्मालाई ‘एक्टिङ स्टार’को जुरी भनेर सार्वजनिक गरेको हो ।
शोका लागि अहिले डिजिटल अडिसन चलिरहेको छ । जसका लागि एक हजारभन्दा बढीले सहभागिता जनाइसकेको निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।
डिजिटल अडिसनबाट सेलेक्सनमा पर्न सफल व्यक्तिहरूलाई उनीहरूकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बतायो । कार्यक्रममा सहभागी हुनका लागि डिजिटल अडिसन मार्फत बालकलाकार, युवा कलाकारको साथै बृद्धहरुको समेत रुचि देखिएको छ ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको शोका निर्देशक विशाल भण्डारी रहेका छन् । ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रसारण हुनेछ ।
गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो । ‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’का विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
-
मुक्तिनाथधाममा पदमार्ग निर्माण
-
उत्खननको पर्खाइमा तामाखानी
-
‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
-
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
-
यूईएफए च्याम्पियन्स लिगः डेसिरे डुएको दोस्रो गोलमा पीएसजीलाई ४ः० को अग्रता