वायु प्रदूषण न्यूनीकरण आवश्यक छ : मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई ठूलो प्रभाव पार्ने भएकाले यसको न्यूनीकरण र नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण बढ्दै गएको वायु प्रदूषण तथा त्यसको स्रोत पहिचान गरी कार्वन उत्सर्जनमा कमी ल्याउनका लागि थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
वायु प्रदूषणले समुदायमा परेको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्री शाहीले यसलाई न्यूनीकरण गर्न हरियाली विकास, विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्नुपर्नेमा जोड दिए । वन र वातावरणलाई जनताको आयस्तरमा जोडेर मुलुकमा समृद्धि कायम गर्न सकिने उनले भनाइ थियो ।
न्यायाधीश सपना मल्ल प्रधानले स्वच्छ वातावरणको अधिकारलाई मौलिक हकमा व्यवस्था गरिएकाले वातावरणीय न्यायका लागि कार्य गर्नुपर्ने बताए । वातावरणविद् भूषण तुलाधरले पछिल्लो समय बढ्दै गएकोवायु प्रदूषण तथा त्यसले समाजमा पारेका असरबारे जानकारी गराए ।
मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले वायु प्रदूषणका नीतिगत सुधारको आवश्यक रहेको बताउँदै विकास र वातावरण नागरिकको हितमा हुने गरी सन्तुलित रुपमा लैजानुपर्ने बताए । उक्त कार्यक्रममा वन तथा वातावरण संरक्षण क्षेत्रका विज्ञ, सरसफाइ क्षेत्रका कर्मचारी, अधिकारकर्मी वातावरणीय पिडित लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण