राजनीति
रामकुमारीदेखि रामचन्द्रसम्मको बढुवा गर्दै माधव नेपाल
शुक्रबार, २८ मङ्सिर २०८१, ०९ : ३१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने भएको छ । शुक्रवार (आज) बस्ने स्थायी कमिटी बैठकमार्फत स्थायी कमिटी सदस्य सङ्ख्या बढाउने औपचारिक निर्णय गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन् ।
दसौँ महाधिवेशनअघि स्थायी कमिटी सदस्य रहेका र दसौँ महाधिवेशनमा पोलिटब्युरो सदस्य भएकाहरूलाई स्थायी कमिटीमा ल्याउने गरी मापदण्ड बनेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
यसो गर्दा रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, रामचन्द्र झा,डा विजय पौडेल, बलराम बास्कोटा, उर्वादत्त पन्त,विश्वनाथ प्याकुरेल र साध्यबहादुर भण्डारीलगायतका नेता स्थायी कमिटी सदस्यमा बढुवा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण