विदेश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा गौरादह नगरपालिका–१ घर भई काठमाडौँ शंखरापुर नगरपालिका–९ बस्ने ३६ वर्षीय सुदिप घिमिरे र कञ्चनपुर भिमदत्त नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन् ।
पक्राउ मध्ये सुदिपले जर्जिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख १० हजार रुपैयाँ र भानुले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधवार सुदिपलाई काठमाडौँ गल्कोपाखाबाट र भानुलाई काठमाडौँ बौद्धबाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण