धनकुटामा दुई थान भरूवा बन्दुक बरामद
शुक्रबार, २८ मङ्सिर २०८१, १२ : १९
धनकुटा । धनकुटामा प्रहरीले दुई थान भरूवा बन्दुक बरामद गरेको छ । जिल्लाको साँगुरीगढी गाउँपालिका–६ गढी जंगलबाट बिहीबार राति प्रहरीले २ थान भरूवा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरीले उक्त स्थानमा बेवारिसे अवस्थामा रहेका उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।