भारतविरुद्धको तेस्रो टेस्ट खेलका लागि अस्ट्रेलियाको टोली घोषणा
शुक्रबार, २८ मङ्सिर २०८१, १६ : २२
गाबा । अस्ट्रेलियाले भारतसँगको पाँच टेस्टको सिरिजको तेस्रो खेलका लागि टोलीको घोषणा गरेको छ ।
तेस्रो टेस्टका लागि टोलीमा एक परिवर्तन गरिएको छ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले तीव्र गतिका बलर जोस हेजलउड चोटपछि फर्किएको पुष्टि गरेका छन् । उनलाई स्कट बोल्याण्डको स्थानमा टोलीमा समावेश गरिएको छ ।
ब्रिसबेनको गाबामा हुने यो खेल निकै महत्त्वपूर्ण हुनेछ । अहिलेसम्म खेलेका दुई खेलमा दुवै टोली बराबरीमा छन् ।
पर्थमा भएको शृङ्खलाको पहिलो टेस्ट खेल भारतले जितेको थियो भने एडिलेडमा भएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो ।
दोस्रो टेस्ट खेल फ्लडलाइट मुनि गुलाबी बलले खेलिएको थियो । उक्त खेलमा भारतीय टोली १० विकेटले पराजित भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण