एकीकृत समाजवादीले वार्षिक कार्ययोजना बनाएरमात्रै नेताहरूको कार्यविभाजन गर्ने
काठमाडौँ । एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको छ ।
शुक्रबार बसेको बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल भएपनि कुनै निर्णय नभएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘आजको बैठकमा पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भयो तर निर्णय भएको छैन । भोलि शनिबार बिहान ११ बजे बस्ने बैठकमा पुन छलफल हुनेछ’, भट्टराईले भने, ‘वार्षिक कार्ययोजना बनाएर मात्रै नेताहरूको कार्य विभाजनमाथि छलफल प्रवेश हुन्छ ।’
महासचिव घनश्याम भुसालले बुधबारको बैठकमा पेस गरेको कार्ययोजनालाई आधार बनाएर शुक्रबारको बैठकमा नेताहरुले वार्षिक कार्ययोजनाबारे धारणा राखेका थिए । शुक्रबारको बैठकमा नेताहरू भानुभक्त जोशी, राजेन्द्र राई, श्रीनाथ बराल, रामकुमार भट्टराई, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र शेरबहादुर कुँवरले धारणा राखेका छन् ।
पदाधिकारीले बोल्ने क्रम सकिएपछि स्थायी कमिटी सदस्यले धारणा राखेर वार्षिक कार्ययोजनाबारे टुंगोमा पुग्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
‘शनिबार पनि वार्षिक कार्ययोजनामाथिकै छलफल हुने देखियो । शनिबार कार्ययोजनाको छलफल सकियो भने आइतबार कार्य विभाजनको एजेन्डा प्रवेश गर्ने देखिन्छ’, खतिवडाले भने,‘सकारात्मक ढङ्गले छलफल अघि बढेको छ ।’
सो पार्टीका नेताहरूको कार्यविभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो । उक्त कार्यदलको प्रस्तावका आधारमा नेताहरूको कार्य विभाजन हुनेछ । गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्य विभाजन गर्न सकेको छैन ।
जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ । संगठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकाङ्क्षा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण