मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
शुक्रबार, २८ मङ्सिर २०८१, १८ : ४४
मकवानपुर । राक्सिराङ गाउँपालिका–५ इन्चराङस्थित काँकडा जाने भित्री सडकखण्डमा आज एक युवकको शव भेटिएको छ ।
उक्त शव मकवानपुरको राक्सिराङ गाउँपालिका–८, शिखरपुर ठेगाना भई हाल बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ बस्ने २१ वर्षीय समिर सुनारको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतकको भिनाजु नाता पर्ने मिलन घतानेले शवको सनाखत गरेका हुन् ।
प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको छ । सुनारको शव हाल हेटौँडा अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता