गुल्मीमा फोर्स गाडी दुर्घटना, ६ जना घाइते
गुल्मी । गुल्मीमा शुक्रवार सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश–१००१ ज १३८५ नं. को फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाडी सडकबाट २००–३०० मिटर तल खस्दा चालक सहित ६ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा चालक गुल्मी मुसिकोट नपा २ देउरालीका २४ वर्षीय दीपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गङ्गा भट्टराई घाइते भएका छन्। त्यस्तै गुल्मी रेसुङ्गा नपा–८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, उनका छोरा ८ वर्षीय एक्सन श्रीस, उनका श्रीमान् ४५ वर्षीय नवीन श्रीस पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मी डीएसपी शंकर पोखरेलले घाइते नवीनको अवस्था गम्भीर रहेको रातोपाटीलाई बताए । अन्य घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण