चार जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
शुक्रबार, २८ मङ्सिर २०८१, २१ : ४७

काठमाडौँ । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षक पदमा बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले शुक्रवार ४ जनालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरूमा नेपाल प्रहरी अस्पताल एनेस्थेसिया शाखा महाराजगन्जमा कार्यरत डा.रामप्रसाद शर्मा, नेपाल प्रहरी अस्पताल नाक, कान घाँटी शाखा महाराजगन्जमा कार्यरत डा.नवीन लागेजु, सोही अस्पतालको प्याथोलोजी शाखामा कार्यरत डा.समृद्धि कार्की र बागमती प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा.अञ्जली तुण्डकार रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
-
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित