चार जना प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस
शुक्रबार, २८ मङ्सिर २०८१, २१ : ४७
काठमाडौँ । नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी नायव उपरीक्षकलाई प्रहरी उपरीक्षक पदमा बढुवा गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको सचिवालय बैठकले शुक्रवार ४ जनालाई बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरूमा नेपाल प्रहरी अस्पताल एनेस्थेसिया शाखा महाराजगन्जमा कार्यरत डा.रामप्रसाद शर्मा, नेपाल प्रहरी अस्पताल नाक, कान घाँटी शाखा महाराजगन्जमा कार्यरत डा.नवीन लागेजु, सोही अस्पतालको प्याथोलोजी शाखामा कार्यरत डा.समृद्धि कार्की र बागमती प्रदेश प्रहरी अस्पतालमा कार्यरत डा.अञ्जली तुण्डकार रहेका छन् ।
सचिवालयले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण