तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
शनिबार, २९ मङ्सिर २०८१, १२ : ४९
दमौली । जिल्लामै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने भएको छ । सहृदयी मञ्च तनहुँको आयोजना र व्यास नगरपालिकाको सहयोगमा आज दमौलीमा व्यास नगर मैत्रीपूर्ण ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो ।
अपाङ्गता भएका व्यक्तिहरुबीच मैत्रीपूर्ण बास्केटबल प्रतियोगिता आयोजना गरिएको मञ्चका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिए । उनले भने, “समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरुले खेल खेल्न सक्दैनन् भन्ने सोचाइ विद्यमान छ । त्यो सोचलाई हटाउनका लागि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गरेका छौ ।”
खेल व्यास नगरपालिका–३ स्थित बास्केटबल कोर्टमा सञ्चालन हुनेछ । हाल व्यास नगरपालिकालगायत अन्य स्थानीय तहहरुले अपाङ्गता भएका व्यक्तिहरुले खेल्ने विभिन्न प्रकारका खेलकुदका लागि बजेट विनियोजन गर्न लागेको सुवेदीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण