मनको कचौरा
देखेँ
गरिब दुःखीहरू
देखेँ
बेरोजगार भोकाहरू
उनीहरू हिँड्दै थिए
खाली गोडाले
अभावले पिल्सिएका जस्ता देखिन्थे
दुःखी छन् जस्ता देखिन्थे
त्यसैले होला उनीहरूको
खुसी थिएन मन
छातीभित्र लुकाइरहेका थिए
निराशाको आँसु
अभावको आँसु
भोक प्यासको आँसु
चिन्ताको आँसु
मनको कचौरामा
गरिब दुःखीहरूको आँसु
बटुल्दै हिँडे
देखेँ
धनाढ्य व्यापारीहरू
देखेँ
पदासीन नेताहरू
उनीहरू पनि हिँड्दै थिए
तर गोडाले हैन
मोटर र हवाईजहाजले
पुगी सरी आएका जस्ता देखिन्थे
खुसी छन् जस्ता देखिन्थे
तर उनीहरूको पनि
खुसी थिएन मन
छातीभित्र लुकाइरहेका थिए
असन्तोषको आँसु
घमण्डको आँसु
धन बढाउने अनि जोगाउने
चिन्ताको आँसु
मनको कचौरामा
धनी दुःखीहरूको आँसु पनि
बटुल्दै हिँडे
देखेँ
युवा युवतीले खाडीबाट
आफ्ना लालाबालालाई
पठाएका आँसु
देखेँ
किसानले मलजल नपाई
सुकेको बाँझो खेतबारीमा
झारेका आँसु
देखेँ
परिवार पाल्न
‘काम देऊ काम देऊ’
भन्ने भोका पेटहरूले
पिएका आँसु
अटाइरहेछन्
ती सबै
ती सबै
दुःखीहरूको आँसु
मनको कचौरामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण