मनको कचौरा
देखेँ
गरिब दुःखीहरू
देखेँ
बेरोजगार भोकाहरू
उनीहरू हिँड्दै थिए
खाली गोडाले
अभावले पिल्सिएका जस्ता देखिन्थे
दुःखी छन् जस्ता देखिन्थे
त्यसैले होला उनीहरूको
खुसी थिएन मन
छातीभित्र लुकाइरहेका थिए
निराशाको आँसु
अभावको आँसु
भोक प्यासको आँसु
चिन्ताको आँसु
मनको कचौरामा
गरिब दुःखीहरूको आँसु
बटुल्दै हिँडे
देखेँ
धनाढ्य व्यापारीहरू
देखेँ
पदासीन नेताहरू
उनीहरू पनि हिँड्दै थिए
तर गोडाले हैन
मोटर र हवाईजहाजले
पुगी सरी आएका जस्ता देखिन्थे
खुसी छन् जस्ता देखिन्थे
तर उनीहरूको पनि
खुसी थिएन मन
छातीभित्र लुकाइरहेका थिए
असन्तोषको आँसु
घमण्डको आँसु
धन बढाउने अनि जोगाउने
चिन्ताको आँसु
मनको कचौरामा
धनी दुःखीहरूको आँसु पनि
बटुल्दै हिँडे
देखेँ
युवा युवतीले खाडीबाट
आफ्ना लालाबालालाई
पठाएका आँसु
देखेँ
किसानले मलजल नपाई
सुकेको बाँझो खेतबारीमा
झारेका आँसु
देखेँ
परिवार पाल्न
‘काम देऊ काम देऊ’
भन्ने भोका पेटहरूले
पिएका आँसु
अटाइरहेछन्
ती सबै
ती सबै
दुःखीहरूको आँसु
मनको कचौरामा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म