पोखराका दिलीप नाथ भन्छन्, ‘स्वदेशी खेलाडीले राम्रो रन बनाउन नसक्दा दबाब भयो’

काठमाडौँ । पोखरा एभेन्जर्सका दिलीप नाथले घरेलु खेलाडीले राम्रो रन बनाउन नसक्दा नै टोली अहिले यो अवस्थामा आएको बताएका छन् । काठमाडौँ गुर्खाजसँग पराजित भएपछि पोखराका ब्याटर दिलीपले कुनै स्वदेशी राम्रो ठुलो स्कोर बनाउन सकेको भए टोलीको आत्मविश्वास बढ्ने र यो स्थितिमा नहुने विश्वास व्यक्त गरेका हुन् ।
बिहानको कन्डिसनमा ब्याटिङ गर्न सहज नहुने र योगफल थोरै बढाउन सकेको भए पनि नतिजा फरक हुने उनी बताउँछन् । उनले पिचमा पहिलेभन्दा सुधार भएको र त्यसमा आफूले पनि राम्रो फिनिस गर्न नसकेको बताए । लिगको अन्तिम खेलमा जित निकाले अझै अवसर रहेको र त्यसमा राम्रो हुने उनको विश्वास छ ।
काठमाडौँ गुर्खाजका जेरार्ड इरासमसले प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्ने उल्लेख गरे । कुनै पनि विदेशी खेलाडीका लागि नयाँ पिचमा खेल्न सहज नभएको तर अहिले लयमा आएको उनको भनाइ छ । विदेशी खेलाडी नचल्दा ब्याटिङमा पनि समस्या भएको उनले उल्लेख गरे । उनले पोखराविरुद्ध सामान्य लक्ष्य रहेको र यस्तोमा पनि राम्रो स्थिति नपुगेसम्म सम्हालिएर खेलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट