प्रधान सेनापतिद्वारा भारतीय मिलिटरी एकेडेमीमा कवाज निरीक्षण तथा अवलोकन
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देल शनिबार भारतको देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीको भ्रमण गरेका छन् । प्रधानसेनापति सिग्देल एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका हुन् ।
सो अवसरमा उनले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरेको नेपाली सेनाले जानकारी दिएको छ । कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरूसँग अन्तरक्रिया समेत गरेका थिए। ।
नेपाली सेनाले वि.सं. २०१० सालदेखि एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूलाई तालिममा सहभागी गराउँदै आइरहेको छ । हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन् ।
बाह्र देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण