तरकारीमा प्रयोग गरिने तेलले गराउला सक्छ क्यान्सर
काठमाडौँ । खाना पकाउने क्रममा तरकारी वा अचारमा हामी तेलको प्रयोग गर्छौ । तेललाई विभिन्न तवरले प्रयोग गरिन्छ । खाना पकाउने विधि अनुसार पनि हामी तेल रोज्छौँ । कुकिङ आयल खासगरी तरकारी पकाउन, तार्न, भुट्न, झान्न प्रयोग गरिन्छ । तर यो तेलले क्यान्सर पनि गराउन सक्छ भन्ने कुरा तपाईलाई थाहा छ ?
अमेरिका सरकारले गरेको एउटा अध्ययनले तरकारी पकाउन प्रयोग गरिने तेलका कारण खासगरी युवाहरूलाई क्यान्सर हुन सक्छ भनेर देखाएको हो । अनुसन्धानमा ३० देखि ८५ वर्ष उमेरका ८१ जनाको ट्युमरको नमुना हेरिएको थियो । उनीहरूको क्यान्सरग्रस्त ट्युमरमा सिड्स आयलकै कारण उच्च स्तरमा लिपिड पाइएको मानिएको थियो ।
यो अध्ययनको प्रतिवेदन मेडिकल जर्नल गटमा प्रकाशित छ । यसमा सूर्यमुखी, अङ्गुरको बिया, क्यानोला र मकै जस्ता बीजबाट निकालिने तेल अर्थात् सिड आयलको अधिक सेवन गर्दा क्यान्सरको जोखिम बढ्न सक्ने पाइएको छ ।
अनुसन्धानले के भन्यो ?
आन्द्राको क्यान्सरबाट पीडित ८० जना बिरामीमाथि अनुसन्धान गर्दा उनीहरूमा बायोएक्टिभ लिपिडको स्तर उच्च पाइयो । बायोएक्टिभ लिपिड शरीरले सिड आयललाई टुक्र्याउँदा बन्ने स–साना चिल्ला मोलिक्युल हुन् ।
यो तेलको सेवनले शरीरमा ‘इन्फ्लेमेशन’ हुन सक्छ अर्थात् शरीर सुन्निन सक्छ । सिड आयललाई टुक्रयाउने बायोएक्टिभ लिपिडले प्राकृतिक रूपमा निको हुने शरीरको प्रक्रियामा अवरोध पुर्याउने र शरीरलाई ट्युमरबाट लड्न रोक्ने पाइयो ।
यसको तुलनामा ओमेगा फ्याटी एसिड प्रचुर मात्रामा पाइने एभोकाडो र अलिभबाट निकालिने तेल स्वास्थ्यकर विकल्प भएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण