हसिनामाथि बंगलादेशमा ३५०० मानिस बेपत्ता पारेको आरोप
ढाका । भारतमा निवार्सित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अर्को आरोप लागेको छ । ३ हजार ५ सय जना बेपत्ता भएको मामिलामा हसिनाको हात रहेको मोहम्मद युनुसको नेतृत्वको बंगलादेशको अन्तरिम सरकारले भनेको छ ।
छानबिनमा पनि यो कुरा प्रमाणित भएको बताइएको छ । जबरजस्ती बेपत्ताका घटनामा छानबिन आयोगले अनुसन्धान गरेको थियो । यी मामिलामा हसिना र अन्य कयौँ वरिष्ठ अधिकारीहरू संलग्न रहेको ‘सत्यको खुलासा’ शीर्षकको प्रतिवेदनमा भनिएको छ ।
ढाकास्थित स्टेट गेष्ट हाउस जमुनामा आयोजित कार्यक्रममा अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुसलाई आयोगका अध्यक्ष न्यायाधीश मैनुल इस्लाम चौधरीले छानबिन प्रतिवेदन बुझाएका थिए । जबरजस्ती बेपत्ता पारिएको भन्दै १ हजार ६ सय ७६ वटा उजुरी प्राप्त भएकोमा हालसम्म ७ सय ५८ वटा उजुरीमा छानबिन भएको आयोगले भनेको छ । बेपत्ता हुनेको कुल संख्या ३ हजार ५ सय नाघेको अनुमान आयोगको छ । भूमिका विवादास्पद भएकाले र्यापिड एक्सन बटालियन (रब)लाई खारेज गर्न पनि प्रतिवेदनमा सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण