‘पुष्पा २’ ले उछिन्यो ‘जवान’ लाई
नयाँ दिल्ली । दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’को बक्स अफिसमा रफ्तार मत्थर हुने कुनै संकेत छैन । फिल्मले यतिबेला धुँवाधार कमाई गरिरहेको छ । भारतमा मात्रै नभएर विदेशमा पनि फिल्मको कमाई शानदार छ । रिलिज लगत्तै फिल्मले कयौं रेकर्ड तोडेको थियो । अब भने फिल्मले बलिउड स्टार शाहरुख खानको ‘जवान’को रेकर्ड तोडेको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा ट्रेड एनालिष्ट मनोबाला विजयबलनले पुष्पा २ को लटेस्ट विश्वव्यापी कलेक्शनबारे जानकारी दिएका छन् । अल्लुको फिल्मले १० औं दिन विश्वभर ८२ करोड ५६ लाख भारु कमाएको र अहिलेसम्म फिल्मको विश्वव्यापी कलेक्सन १ हजार २१८ करोड ४१ लाख भारु पुगेको बताएका छन् ।
तोड्यो ‘जवान’को रेकर्ड
अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ले शाहरुख खानको सर्वाधिक कमाउने फिल्म ‘जवान’को लाइफटाइम कमाईको रेकर्ड तोडेको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार सन् २०२३ मा रिलिज भएको ‘जवान’ले विश्वभर १ हजार १४८ करोड ३२ लाख भारु कलेक्सन गरेको थियो । ‘पुष्पा २ः द रुल’ ले प्रदर्शनको १० औं दिनमा जवानको यो रेकर्ड तोडेको छ ।
घरेलु बक्स अफिसमा ८ सय करोड माथि कमाई
घरेलु बक्स अफिसमा पनि अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ ले राम्रो व्यापार गरिरहेको छ । ट्रेड वेबसाइट स्याकनिल्कको रिपोर्ट अनुसार फिल्मले भारतमा ८२५ करोड ५० लाख भारुको व्यापार गरेको छ । फिल्मको हिन्दी संस्करणले ४९८ करोड १० लाख भारु कमाएको छ । फिल्मले तेलुगुमा २६३ करोड ३५ लाख, हिन्दीमा ४५२ करोड १० करोड, तमिलमा ४५ करोड १० लाख भारु, कन्नडमा ५ करोड ९५ लाख भारु र मलयालम भाषामा १३ करोड भारु कमाएको छ ।
२०२४ को सबैभन्दा धेरै कमाउने फिल्म
‘पुष्पा २ः द रुल’ यस वर्षको अहिलेसम्मको अवधिमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्ममा रश्मिका मन्डना, फहद फाजिल, जगपति बाबु, सुनील र राव रमेश जस्ता कलाकारको महत्वपूर्ण भूमिका रहेको छ । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् । यसअघि २०२१ मा फिल्मको पहिलो पार्ट आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण