प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देल भारतको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा मंसिर २६ गते भारतमा गएका प्रधान सेनापति सिग्देल आइतबार स्वदेश फिर्ता भएका छन् ।
प्रधान सेनापति सिग्देलको बलाध्यक्ष रथी प्रदीप जंग के.सी.ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भारत भ्रमणको क्रममा मंसिर २७ गते उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित समारोहमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।
प्रधान सेनापति सिग्देल भारतको देहरादुनस्थित तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रविन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटहरु मध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीको रूपमा सम्मानित भएका थिए ।
प्रधान सेनापति महारथी सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । सोही अवसरमा उनले भारतीय सेनाको विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण