पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित भएका छन् । उपत्यका प्रदेश निर्वाचन समितिले शुक्रबार सम्पन्न मतदानको अन्तिम परिणाम आइतबार दिउँसो सार्वजनिक गरेको हो ।
महासंघको उपत्यका प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखाका मतदाताले मतदान गरेर नयाँ नेतृत्व चयन गरेका हुन् ।
अध्यक्ष पदमा निर्वाचित रोकाले ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी मोहनप्रसाद पन्तले ४१० मत पाए । अध्यक्षका अर्का उम्मेदवार शिव बस्नेतले ९३ मत पाए ।
उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६८३ मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कालिकाबहादुर महतले ४१६ मत पाए । उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने ६८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सतिदेवी उप्रेतीले ३६३ मत पाइन् ।
महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी रामचन्द्र दुलालले ५०९ मत पाए ।
उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी ६३१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले ४४४ मत पाए । समावेशी सचिवतर्फ प्रविण श्रेष्ठ विजयी भए। उनले ६१९ मत पाए । उनका प्रतिद्वन्द्वी मोहन वल्लले २६३ मत ल्याए ।
कोषाध्यक्षमा सन्जिप घिमिरे निर्वाचित भए । उनले ४७७ मत पाउँदा उनका प्रतिस्पर्धी नीरज रञ्जीतले ३५२ मत पाए ।
त्यसैगरी, खुला ६ जना सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भिमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भए । महिला तीन जना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भए ।
दलित सदस्यतर्फ लिलामाया नेपाली विजयी हुँदा जनजाती सदस्यमा शैलेस डंगोल र सुरेश सायजु विजयी भए । मधेशी र अल्पसंख्याक सदस्यमा क्रमश प्रदिप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण