टीआरसीका दुई आयोगको पदाधिकारीमा जुटेन सहमति, आज पुनः बैठक बस्दै
काठमाडौँ ऽ सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी छान्न बसेको टीआरसी पदाधिकारी सिफारिस समितिको बैठकमा सहमति जुट्न सकेको छैन । आइतबार मध्यरातसम्म बैठक बसे पनि सहमति जुट्न नसकेको हो ।
दुवै आयोगमा अध्यक्ष र चार सदस्य सिफारिसका लागि आज अन्तिम दिन हो। सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीका अनुसार आज पुनः बैठक बसेर छलफल गर्ने छ। 'हिजो मध्यरातसम्म कोसिस गरियो । केही नाममा छलफल बाँकी रहेको छ,' उनले भने । बैठक सोमबार बिहान ८ बजे बोलाइएको छ।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिसका लागि सरकारले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा कात्तिक २ गते समिति गठन गरेको थियो। दुई महिनाको अवधि भएकाले आजसम्म नाम सिफारिस गर्नुपर्ने बाध्यता छ। अध्यक्षमा ८ सहित ४० जनाको नाम सर्ट लिस्टमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण