१ लाख ६ हजार डलर पुग्यो बिट्क्वाइनको भाउ
सिंगापुर । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ गोटाकै १ लाख ६ हजार डलरभन्दा माथि उक्लिएको छ । विश्वको सबभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ यस स्तरमा पुगेको यो पहिलो पटक हो ।
अमेरिकामा नोभेम्बर ५ मा भएको राष्ट्रपतीय निर्वाचनमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विजयी बनेयता बिट्क्वाइनको भाउ ५० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । सोमबार एसियाली बजारको बिहानी कारोबारमा बिट्क्वाइन केही क्षणलाई प्रतिगोटा १ लाख ६ हजार डलर माथि पुगेको थियो ।
त्यसपछि भने यसको भाउ घटेर १ लाख ४ हजार ५०० डलर आसपास रह्यो । अमेरिकामा बाइडेनको प्रशासनको तुलनामा आगामी ट्रम्प प्रशासन क्रिप्टोकरेन्सीप्रति बढी नै मित्रवत् रहने संकेत आइरहेको छ ।
यस्तोमा बिट्क्वाइनको भाउ निरन्तर उकालो लागिरहेको छ । बिहीबार ट्रम्पले देशको रणनीतिक तेल सञ्चिति जस्तै गरी डिजिटल मुद्राको पनि राष्ट्रिय भन्डारण बनाउनेबारे विचार गरिरहेको भनेर बताएका थिए । यो महिनाको सुरुमा उनले सिलिकन भ्यालीका उद्यमी डेभिड स्याक्सलाई कृत्रिम बौद्धिकता (एआई) र क्रिप्टोकरेन्सी जारमा नियुक्त गरेका थिए ।
पेपलका पूर्व कार्यकारी स्याक्स ट्रम्पका सल्लाहकार एवम् उनको चुनावी अभियानमा ठूला दाताका रुपमा रहेका एलन मस्कको मिल्ने साथी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण