१३ वर्षपछि सिरियामा दूतावास खोल्दैछ कतार
दमास्कस । सिरियामा बशर अल–असदको सरकार सत्ताबाट हटेको छ । अहिले सिरियालाई विद्रोही समूहले सत्ता कब्जा गरेको छ । यस्तोमा विश्वभरका देशहरूले त्यहाँ बनेको नयाँ सरकारलाई स्वीकार गरेर उनीहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न थालेका छन् ।
संयुक्त राष्ट्रसंघका विशेष दूत सिरियाको राजधानी दमास्कस पुगेका छन् । विशेष दूतले सिरियाका नयाँ नेता र हयात तहरीर अल–शाम (एचटीएस) का प्रमुख अबु मोहम्मद अल–जोलानीसँग पनि भेटे । उक्त भेटमा उनले मुलुकमा विश्वसनीय न्याय प्रणालीको स्थापना भएको, अपराधमा न्याय र जवाफदेहिता भएको र बदलाको भावनाले काम नगरियोस् भन्ने सुनिश्चित गर्नुपर्ने बताए ।
कतारको दूतावासले पनि १३ वर्षपछि मङ्गलबारदेखि दमास्कसमा पुनः काम सुरु गर्ने भएको छ । कतारले १३ वर्षअघि सरकार विरोधी विद्रोहको प्रारम्भिक चरणमा दमास्कसस्थित आफ्नो दूतावास बन्द गरेको थियो । यो विद्रोहपछि सिरियामा गृहयुद्ध सुरु भयो, जुन १३ वर्षसम्म चल्यो ।
संसारका अन्य देशहरूले पनि गृहयुद्धको समयमा बशर अल–असदको सरकारसँग सम्बन्ध जारी राखेका थिए । तर कतारले भने त्यस्तो गरेन । टर्कीले पनि १२ वर्षपछि दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण