निर्माता बन्ने विषयमा के भन्छिन् आँचल ?
काठमाडौँ । अभिनेत्री आँचल शर्माले फिल्म बनाउने चर्चा लामो समयदेखि चलिरहेको छ । केकी अधिकारी, स्वस्तिमा खड्का, ऋचा घिमिरे लगायत थुप्रै अभिनेत्री निर्माता बनेर पनि सफल भैसकेका छन् ।
अभिनेत्री आँचलले पनि फिल्म बनाउने कुरो स्वीकारेकी छन् । मिडियासँगको कुराकानीमा उनले फिल्म बनाउने भएपनि तत्कालको योजना नरहेको बताइन् । फिल्म तयारीका साथ गर्नुपर्ने उनको धारणा रहेको छ ।
‘बेहुली फ्रम मेघौली, बोक्सीको घर, तेल भिसाले एकदमै राम्रो गर्यो । सबै जना यसरी अगाडि बढेको राम्रो हो । हाम्रो पेसा नै यही हो’, उनले भनिन्,‘मेरो पाइपलाइनमा केही फिल्महरू छन् । २–४ वर्षपछि फिल्म पनि बनाउँछु ।’ फिल्म निर्माणको लागि तयारी गरिरहेको उनले बताइन् ।
आँचल अहिले फिल्म जेरी अन टप छायांकन गरिरहेकी छन् । गत शनिबार उनले एक ग्लाम नेपाल इन्टरनेसनलको चौँथो संस्करढाको फेसन शोमा क्याट वाक समेत गरेकी थिइन् । उनी अभिनीत फिल्म ‘दुखी आत्मा’ प्रदर्शनको तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण