क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
मस्को । आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ । यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ ।
डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका प्रमुख एन्ड्री काप्रिनले भनेका छन् कि खोपलाई सन् २०२५ को सुरुमा लन्च गरिनेछ ।
खबरका अनुसार यो खोपबाट क्यान्सर निको हुनेछ । यसले ट्यूमर बन्नबाट भने रोक्ने छैन । खोपको हरेक मात्रा बिरामीका लागि छुट्टा छुट्टै तयार पारिने वैज्ञानिकहरूले भनेका छन् । यो खोप पश्चिमी देशमा बनाइरहेको क्यान्सर विरुद्धको खोप जस्तै भएको बताइएको छ । तर अहिलेसम्म यो खोपले कसरी क्यान्सरको निको पार्छ भनेर चाँहि स्पष्ट बताइएको छैन ।
यो खोपको कत्तिको प्रभावकारी हुनेछ वा रुसले यसलाई कसरी लगाउनेछ भन्ने जस्ता जानकारी पनि आएका छैनन् । न त मन्त्रालयले खोपको नाम नै सार्वजनिक गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै आफ्नो देशका वैज्ञानिकहरूले क्यान्सर विरुद्धको खोपमा काम गरिरहेको र उनीहरू अन्तिम चरणमा पुगेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण