दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ। पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा उनी धरौटीमा रिहा गरेको थियो । जिल्लाले धरौटीमा छोडे पनि प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ गरेको र म्याद थप गराएको दाबी गर्दै सर्वोच्चमा निवेदन दर्ता गरिएको हो ।
निवेदनमा प्रसाईँ क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाउने गरेकाले २४ घण्टाभित्र अदालत झिकाएर साधारण तारेखमा रिहा गर्न आदेशमा माग गरिएको छ। प्रसाईँका तर्फबाट यसअघि पनि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण