अश्विनको संन्यासबारे कोहलीको भावुक पोस्ट
ब्रिस्बेन । भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले रविचन्द्रन अश्विनको संन्यासबारे बुधबार भावुक प्रतिक्रिया दिएका छन् । अस्ट्रेलियाविरुद्धको ब्रिस्बेनमा भएको टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले संन्यासको घोषणा गरेका हुन् ।
कोहलीले सामाजिक सञ्जाल एक्समा संन्यासबारे लेखेका छन्, ‘मैले तपाईंसँग १४ वर्षासम्म सँगै खेलेँ । जब तपाईँले मलाई संन्यास लिन लागेको बताउनुभयो, म थोरै भावुक बनेँ । तपाईँसँग खेल्दाका सबै सम्झनाहरू अगाडि आए। तपाईँसँगको यात्राको हरेक पलमा रमाइलो गरेको छु।’
कोहलीले अश्विनलाई धन्यवाद दिँदै भने, ‘तपाईँलाई भारतीय क्रिकेटको लिजेन्डको रूपमा सधैँ सम्झिरहनेछ।’
भारतीय क्रिकेट टिमका प्रशिक्षक गौतम गम्भीरले पनि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युवा बलरलाई आधुनिक क्रिकेटको लिजेन्ड बन्दै गरेको हेर्ने सौभाग्य आफूहरूलाई प्राप्त भएको बताए । उनले लेखेका छन्, ‘मलाई थाहा आउने बलरहरूको पीढीले म अश्विनका कारण बलर बनेको हुँ भन्ने छन् । तिम्रो कमी महसुस हुनेछ भाइ ।’
३८ वर्षीय अश्विनले आफ्नो करियरमा १०६ खेल खेलेर ५३७ विकेट लिएका छन् । उनले खेलमा ८ पटक १० विकेट लिए । ब्याटिङमा अश्विनको प्रदर्शन पनि राम्रो रह्यो । उनले ६ शतक र १४ अर्धशतक पनि बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण