लगातार बैठक बोलाउने तयारीमा एमाले
काठमाडौँ । मंसिर २९ र ३० गते राष्ट्रिय कार्याशालामार्फत संकल्प गरेका कार्यक्रमलाई कार्यान्वयनमा लैजान नेकपा एमालेले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । त्यसका लागि सचिवालयको बैठक पुस १० मा र केन्द्रीय कमिटीको बैठक पुस २० र २१ गते बोलाउने तयारी भएको एमाले नेताहरुले जनाएका छन् । यद्यपी दुवै मिति घोषणा भैनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।
‘पहिला सचिवालय बैठक बस्छ त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छ तर दुवै बैठकको मिति घोषणा हुन बाँकी छ’, गौतमको भनाइ छ । एमालेले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने घोषणा गर्दै आएको छ ।
त्यसका आगामी माघदेखि चैतसम्म तीन महिने वडाकेन्द्रीत कार्यक्रम अभियानका रुपमा चलाउने एमालेले संकल्प गरेको छ । केन्द्रीय कमिटी बैठकले तीन महिने वडा केन्द्रीत कार्यक्रमको मोडालिटी समेत तय गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण