भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
पेरिस । फ्रान्सको उच्च अदालतले पूर्वराष्ट्रपति निकोलस सार्कोजीविरुद्ध भ्रष्टाचारको आरोपमा सुनाइएको सजायलाई यथावत् राखेको छ । बुधबारको सुनुवाइमा सार्कोजीले एक वर्षसम्म विद्युतीय मनिटरिङ ब्रास्लेट लगाउनै पर्ने भनेको छ ।
सार्कोजी सन् २००७ देखि सन् २०१२ को बीचमा सत्तामा रहेका थिए । यो फैसला स्वीकार गर्न आफू तयार नभएको ६९ वर्षका सार्कोजीले भनेका छन् ।
फैसलालाई चुनौती दिँदै आफू यूरोपको मानवअधिकार अदालतमा जाने उनले बताएका छन् । सन् २०२१ मा भ्रष्टाचार मुद्दामा उनलाई सुुरुमा ३ वर्षको जेल सजाय सुनाइएको थियो ।
तर पछि दुई वर्षको सजाय निलम्बन गरेर तेस्रो वर्षको जेल सजायलाई जेलको सट्टा निगारानी राख्ने विद्युतीय उपकरण पहिरिनु पर्नेमा परिणत गरिएको थियो ।
कार्यकाल सकिएलगत्तै आफूमाथि लगाइएको अर्को मुद्दाबारे जानकारी दिएदेखि प्रतिष्ठित जागिर लगाइदिन्छु भन्दै सन् २०१४ मा न्यायाधीसलाई घुस दिने कोसिस गरेको अभियोग पनि उनीमाथि लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण