कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।
_NWjWxXNMcy.jpg)
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको हो ।
_C32Oh4e6Se.jpg)
कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो ।
जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो ।
_S5UroH2PK7.jpg)
दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा कर्णाली याक्सका माथिल्लो क्रमका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर देव खनालले २४ रन बनाए ।देवले २० बलमा एक छक्का र तीन चौका पनि हिर्काए । अघिल्लो खेलमा अर्धशतकीय पाली खेलेका अर्का ओपनर जयकिशन कोल्सावाला भने एक रनको व्यक्तिगत स्कोरमा पभेलियन फर्किए ।
_jkDU3h9ttG.jpg)
तेस्रो नम्बरका ब्याट्सम्यान जिसन मक्सुद पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले ११ बलमा दुई चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान विलियम बोसिस्टो पनि १४ रनमै पभेलियन फर्किए ।
_UaNsUtVzrr.jpg)
बोसिस्टोले १५ बलमा एक चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान चाडविक वाल्टन पनि १३ बलमा एक चौकाको मद्दतले ११ रन बनाउँदै आउट भए ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका अलराउन्डर गुलसन झाले टोलीको खातामा २५ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका गुलसनले केवल २० बलमा दुई छक्का र एक चौका हिर्काए ।
_HgdIbMsi58.jpg)
गुलसन दुर्भाग्यपूर्ण तरिकाले आउट हुँदै मैदानबाट बाहिरिएका थिए । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिनले फालेको बल गुलसनको ब्याटमा लागेर विकेटमा ठोक्किन पुगेको थियो ।
अर्जुन घर्ती दुई र कप्तान सोमपाल कामी पाँच रन बनाउँदै पभेलियन फर्किए । १०औँ नम्बरका ब्याट्सम्यान युनिस ठकुरीले भने टोलीको खातामा १२ रन थपे । उनले १७ बलमा दुई चौका हिर्काए ।
_vyopruxXiP.jpg)
नन्दन यादव चार रनमा अविजित रहे । जनकपुर बोल्ट्सका बलर मोहम्मद मोहसिन, ललित राजवंशी र जेम्स निसमले दुई–दुई विकेट लिए । हर्ष थाकेर र शेर मल्लले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण