५२ केजीको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरलाई हस्तान्तरण
काठमाडौँ । तीन फिट एक इन्च अग्लो ५२ केजी तौलको सुनको जलपसहितको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरमा हस्तान्तरण गरिएको छ । लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सो मुर्ति हस्तान्तरण गरेका हुन् ।
मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नुअघि पञ्चकन्यासहित सहभागीहरुले श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन र गीत गाउँदै बुद्ध नेपालमा जन्मिएको सन्देशसहितका प्लेकार्ड र बाजा गाजासहित केही समय र्याली आयोजना गरेका थिए । डिगर्स रेष्टस्थित नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि ३ जना लामाद्वारा बौद्ध परम्पराअनुसार विधिपूर्वक पूजापाठ गरेका थिए ।
अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईलगायत अन्य पदाधिकारीहरु भिम न्यौपाने, सुधीर शाक्य, अनन्तराज पौडेल, दीपक आचार्यले सहयोगका लागि लुम्बिनी–कपिलवस्तु विश्व अभियानलाई धन्यवाद दिँदै संयोजक श्रेष्ठलाई संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका छन् ।
लुम्बिनी–कपिलवस्तु विश्व अभियान नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका धर्मबहादुर शाक्यले बुद्ध जन्मस्थल विषयमा सृर्जित विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने उद्देश्यले सो अभियानमार्फत बुद्धलाई स्थापित गर्ने थालनी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण