असदलाई छिट्टै भेट्नेछु : पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिटै सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदलाई भेट्ने बताएका छन् । रुसले असद र उनको परिवारलाई मस्कोमा शरण दिएको भन्दै रुसी सञ्चार माध्यमले गएको हप्ता मात्रै समाचार छापेका थिए ।
यसैबिच पुटिनले असदलाई भेट्ने योजना बनाउने बताएका छन् । उनी मस्कोमा आएपछि आफूले नभेटेको तर भेट्ने योजना बनाइरहेको पनि उनले बताए ।
इस्लामी विद्रोही समूह हयात ताहरिर अल–शाम (एचटीएस)ले यो महिनाको शुरुमा १२ दिनको अवधिमा सिरियाका मुख्य शहर र प्रान्त कब्जामा लिएका थिए । त्यतिबेला असद कतै पनि देखिएका थिएन ।
एचटीएसले दमस्कसलाई नियन्त्रणमा लिनेबित्तिकै उनी देश छाडेर रुस भागेका थिए । पछि रुसले उनलाई शरण दिएको खबर आएको थियो । यसैबिच पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न तयार रहेको तर यसको लागि तत्कालै कुनै योजना नभएको बताएका छन् । चार वर्ष भयो पुटिन ट्रम्पसँग नबोलेको ।
ट्रम्पसँग पहिला आफू भेट्छु कि फोनमा बोल्छु भन्नेमा पनि पुटिन निश्चित देखिएनन् । यी दुईबिच यस अघि सन् २०१९ मा जापानमा जीट्वेन्टीको सम्मेलनको समयमा भेटघाट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल पौडेललाई साढे २ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना
-
‘गर या मर’ को स्थितिमा रहेका पञ्जाब र लखनउ आपसमा भिड्दै
-
सिमसाराका तीन पात्र
-
सुर्खेतको भेरीगंगामा एक महिलाको शव फेला
-
‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट
-
आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा मिलन र मिस पवी उत्कृष्ट, अन्य कसले पाए अवार्ड ?