असदलाई छिट्टै भेट्नेछु : पुटिन
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिटै सिरियाका अपदस्थ राष्ट्रपति बशर अल–असदलाई भेट्ने बताएका छन् । रुसले असद र उनको परिवारलाई मस्कोमा शरण दिएको भन्दै रुसी सञ्चार माध्यमले गएको हप्ता मात्रै समाचार छापेका थिए ।
यसैबिच पुटिनले असदलाई भेट्ने योजना बनाउने बताएका छन् । उनी मस्कोमा आएपछि आफूले नभेटेको तर भेट्ने योजना बनाइरहेको पनि उनले बताए ।
इस्लामी विद्रोही समूह हयात ताहरिर अल–शाम (एचटीएस)ले यो महिनाको शुरुमा १२ दिनको अवधिमा सिरियाका मुख्य शहर र प्रान्त कब्जामा लिएका थिए । त्यतिबेला असद कतै पनि देखिएका थिएन ।
एचटीएसले दमस्कसलाई नियन्त्रणमा लिनेबित्तिकै उनी देश छाडेर रुस भागेका थिए । पछि रुसले उनलाई शरण दिएको खबर आएको थियो । यसैबिच पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न तयार रहेको तर यसको लागि तत्कालै कुनै योजना नभएको बताएका छन् । चार वर्ष भयो पुटिन ट्रम्पसँग नबोलेको ।
ट्रम्पसँग पहिला आफू भेट्छु कि फोनमा बोल्छु भन्नेमा पनि पुटिन निश्चित देखिएनन् । यी दुईबिच यस अघि सन् २०१९ मा जापानमा जीट्वेन्टीको सम्मेलनको समयमा भेटघाट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण