न्यून लक्ष्य भएपनि रक्षा गर्छौं भन्ने थियो : विपिन शर्मा
कर्णाली याक्सका लागि उत्कृष्ट बलिङ गरेका विपिन शर्माले जनकपुर बोल्ट्सविरुद्ध न्यून योगफल बनाए पनि रक्षा गर्न सकिने खालको रहेको बताएका छन् ।
जनकपुरसँग दोस्रो क्वालिफायरमा पराजित भएपछि विपिनले पिचमा ब्याटिङ गर्न सहज नरहेको उल्लेख गर्दै ११९ रनको लक्ष्य रक्षा गर्ने उद्देश्यका साथ खेलेको बताएका हुन् । आफ्नो टिमलाई जस्तै जनकपुरलाई पनि ब्याटरलाई ब्याटिङ गर्न सहज नहुने भएकाले त्यहीअनुरूप खेलेको उनको भनाइ छ । यद्यपि, उनले त्यो पिच १३० रनसम्मको लक्ष्य राम्रो हुन सक्ने पनि उल्लेख गरे । केही दिन अगाडि निसामसँगको भेटमा उनलाई आउट गर्ने अठोट व्यक्त गरेको उनको भनाइ छ । उनलाई आउट गर्न सफल हुँदा धेरै खुसी रहेको उनी बताउँछन् ।
विपिनले अहिले नै आफूलाई धेरै चर्चामा नल्याउन पनि आग्रह गरेका छन् । धेरै खेलाडीहरू छिटै चर्चामा आएर हराउने गरेकाले आफू त्यो बन्न नचाहने उनको भनाइ छ । प्रक्रियागत रूपमा १/१ पाइला अगाडि बढ्ने विपिनको योजना छ । उनले एनपीएल जस्तो ठुलो स्टेजमा खेल्ने अवसर पाउनु नै आफ्नो लागि महत्त्वपूर्ण रहेको बताए । आफू कर्णाली क्रिकेट एकेडेमीमा सिक्ने गरेको र त्यहाँका प्रशिक्षकसँगै कर्णाली प्रदेशका कप्तान रविन्द्रजंग शाहीले यहाँसम्म आइपुग्न मद्दत गरेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026