भैरहवामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय
शुक्रबार, ०५ पुस २०८१, १६ : ११

बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले निष्क्रिय गरेको छ । मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा पुरानो प्रेसर कुकर बम फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले सेनाको टोलीले प्रेसर कुकर बम निष्क्रिय पारेको बताए । उनले बम पुरानो र खिया लागेको अवस्थामा रहेको बताए ।
उक्त बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले पड्काएर डिस्पोज गरेको हो ।प्रहरीले कसले र कहिले राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । प्रेसर कुकरको ह्याण्डलाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्री लगायतका उपकरण जडान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सुनकोशी क्षेत्रमा बाढीको जोखिम: खोटाङ प्रशासनद्वारा सतर्कता अपनाउन अनुरोध
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर