भैरहवामा भेटिएको शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय
शुक्रबार, ०५ पुस २०८१, १६ : ११
बुटवल । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले निष्क्रिय गरेको छ । मेडिकल कलेजको मालीले रुख काटिरहेको अवस्थामा पुरानो प्रेसर कुकर बम फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले सेनाको टोलीले प्रेसर कुकर बम निष्क्रिय पारेको बताए । उनले बम पुरानो र खिया लागेको अवस्थामा रहेको बताए ।
उक्त बमलाई भैरहवास्थित कालीभक्ति गणको नेपाली सेनाले पड्काएर डिस्पोज गरेको हो ।प्रहरीले कसले र कहिले राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ । प्रेसर कुकरको ह्याण्डलाई डोरीले बाँधेर त्यसमा घडी ब्याट्री लगायतका उपकरण जडान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण