राप्रपाले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने
शुक्रबार, ०५ पुस २०८१, १६ : ५९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस २७ गते भव्यताका साथ पृथ्वी जयन्ती मनाउने भएको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
केन्द्रीयरुपमा जलपान समारोहका साथ भृकुटीमण्डपमा चियापन कार्यक्रम गर्ने र ७७ वटै जिल्लास्तरमा पनि पार्टीले कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने तय भएको श्रेष्ठको भनाइ छ । पृथ्वीजयन्तीलाई भव्यताका साथ मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।
उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल नसकिएकाले शनिबार पनि बैठक बस्ने श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण