शाओमीको साउन्ड आउटडोर स्पिकर नेपाली बजारमा
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ ।
शाओमी साउन्ड आउटडोर स्पिकरले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड जित्न सफल भएको थियो । यो स्पिकर तीन आकर्षक रङहरू—ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो र नीलोमा उपलब्ध रहेको छ । कम्प्याक्ट साइजमा बनेको यो स्पिकरको आकार १९७ह६८ह६६ मिलिमिटर र तौल भने मात्र ५९७ ग्राम रहेको छ ।
३० वाटको पावरफुल अडियो आउटपुट र डुअल पासिभ वुफर समावेश रहेको शाओमी साउन्ड आउटडोर स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । ब्लुटुथ ५.४ कनेक्टिभिटीलाई सर्पोट गर्ने यो स्पिकर सजिलै अन्य डिभाइससँग कनेक्ट हुन्छ र कल सपोर्टको सुविधा पनि यसले प्रदान गर्छ । साथै अझै ठुलो अडियो सेटअपको लागि प्रयोगकर्ताहरूले दुई स्पिकरलाई स्टेरियोको रूपमा पेयर गर्न पनि सक्नेछन् वा पार्टी माहोल बनाउन यो स्पिकरलाई १०० वटासम्मका स्पिकरलाई लिङ्क गर्न सकिनेछ ।
विशेष गरी आउटडोर प्रेमीहरूका लागि डिजाइन गरिएको र आइपि ६७ रेटिङ पाएको शाओमी साउन्ड आउटडोर स्पिकर धूलो र पानी प्रतिरोधी पनि रहेको छ । लामो समयसम्म चल्ने यसको ब्याट्रीले एक पटकको चार्जमा १२ घण्टासम्म प्लेब्याक प्रदान गर्दछ । साथै यो केवल २.५ घण्टामा पूर्ण रूपमा चार्ज हुने यो स्पिकरले लामो यात्रामा पनि अविरल मनोरञ्जन सुनिश्चित गर्दछ ।
शाओमी साउन्ड आउटडोर स्पिकरको मूल्य रु. ६,२९९ रहेको छ जुन नेपालभरका आधिकारिक एमआई स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण