पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
शनिबार, ०६ पुस २०८१, १७ : २७

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो ।
बाह्र जनाको शव सनाखत भएको छ भने थप चार जनाको पहिचान हुन बाँकी छ । स्रोतका अनुसार घाइतेहरूलाई तुरुन्तै अर्धसैनिक बलको फ्रन्टियर कोर ट्रेनिङ सेन्टरमा उपचारका लागि लगिएको थियो ।
सेनाले आक्रमणको जवाफमा रकेट लन्चरहरू र अन्य उपलब्ध हतियारहरू प्रयोग गरेर प्रभावकारी रूपमा जवाफ दिए । पाकिस्तानी सेनाले आक्रमणकारीको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान संघर्ष चीनका लागि कसरी अवसर बन्दै थियो ?
-
भारत र पाकिस्तानबिचको सैन्य कारबाही रोक्ने निर्णय आपसी सहमतिकै आधारमा भएको दाबी
-
भारत र पाकिस्तानबिच एक तटस्थ स्थानमा वार्ता सुरु गर्ने सहमति
-
उपनिवेश विरुद्ध सँगै लडेका भारत र पाकिस्तान जुध्नु हुँदैन
-
भारत र पाकिस्तानबिच प्रत्यक्ष वार्तापछि सहमति
-
भारतले भन्यो– अब कुनै स्थल र हवाई आक्रमण हुँदैन