पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते
शनिबार, ०६ पुस २०८१, १७ : २७
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६ सैनिकको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीय समय अनुसार बिहान २ः३० बजे आक्रमण सुरु भएको थियो, जहाँ एक समन्वित फायर आक्रमणमा एक चेक पोस्टलाई निशाना बनाइएको थियो ।
बाह्र जनाको शव सनाखत भएको छ भने थप चार जनाको पहिचान हुन बाँकी छ । स्रोतका अनुसार घाइतेहरूलाई तुरुन्तै अर्धसैनिक बलको फ्रन्टियर कोर ट्रेनिङ सेन्टरमा उपचारका लागि लगिएको थियो ।
सेनाले आक्रमणको जवाफमा रकेट लन्चरहरू र अन्य उपलब्ध हतियारहरू प्रयोग गरेर प्रभावकारी रूपमा जवाफ दिए । पाकिस्तानी सेनाले आक्रमणकारीको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण