दुई किशोरीका हत्या मामिलामा अमेरिकी पुरुषलाई १३० वर्षको जेल सजाय
वासिङ्टन डीसी । दुई जना किशोरीको हत्या अभियोगमा अमेरिकामा एक जना पुरुषलाई १३० वर्षको जेल सजाय सुनाइएको छ । इन्डियाना राज्यमा दुई किशोरीहरूको हत्या गरेको अभियोगमा गएको महिना रिचर्ड अलनलाई सो सजाय सुनाइएको हो ।
सन् २०१७ मा हत्याको समयमा लिबर्टी जर्मनको उमेर १४ वर्षको थियो भने अबिगेल विलियम्सको १३ वर्ष मात्रै थियो । यी दुवैको शव डेल्फीमा रहेको गृहनगर नजिक भेटिएको थियो । वर्षौसम्म यो मामिलामा हत्याराको कुनै सुइको लागेको थिएन । एक पीडितले आफ्नो फोनमा अडियो र स्न्यापच्याट भिडियोमा सम्भावित सन्दिग्ध प्रमाण रेकर्ड गरेको भेटिएपछि भने यो मामिलाले अमेरिकाभरबाट ध्यान खिचेको थियो ।
५२ वर्षका अलनलाई हरेक पीडितको हत्याका लागि ६५÷६५ वर्षको जेल सजाय दिइएको सञ्चार माध्यमहरूले बताएका छन् । आफ्नो नातिनीलाई न्याय दिलाएकोमा शुक्रवार लिबर्टीको हजुरबुबा माइक प्याटीले न्यायाधीसहरूलाई धन्यवाद भनेका थिए ।
सन् २०१७ को फेब्रुअरीमा दुवै किशोरी गला काटिएको अवस्थामा प्रयोगविहीन रेलवेको पुल नजिक भेटिएका थिए । दुवै किशोर हाइकिङका लागि भनेर घर नजिकैको डाँडामा गएका थिए । लिबर्टीको फोनमा दुवै किशोरीलाई एक पुरुषले ‘डाँडाबाट तल जाऊ’ भनिएको अडियो रेकर्ड थियो ।
फोनमा पैदल मार्ग नजिक हिँड्दै आइरहेका एक पुरुषको फोटो पनि थियो । जेलमा रहँदा पनि अभियुक्तले कयौँ पटक हत्या गरेको स्वीकारेको सुनुवाइको क्रममा अभिआयोजकहरूले बताएका थिए । आफू दोषी हो भनेर अलनले प्रहरीलाई बताउँदा उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रतिवादीको वकिलले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण