पर्यटनमन्त्री बद्री पाण्डेलाई बलिउड अभिनेता जोन अब्राहमको पत्र
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई बलिउड अभिनेता जोन अब्राहमले पत्र पठाएका छन् ।
चितवनमा जनवरीमा हुने हात्ती महोत्सव रोक्नका लागि बलिउड अभिनेता जोनले मन्त्री पाण्डेलाई पत्रमार्फत आग्रह गरेका हुन् ।
अभिनेता जोनले पर्यटन प्रवर्द्धनका नाममा हात्तीमाथि गरिने व्यवहारप्रति आपत्ति जनाएका हुन् । उनले मन्त्री पाण्डेलाई हात्ती महोत्सव रोक्न आग्रह गरेका छन् ।
उल्लेखनीय छ, अभिनेता जोन पशुप्रेमी मानिन्छन् । उनले पत्रमा लेखेका छन्, ‘हात्ती महोत्सवमा प्रतियोगिता र खेलको नाममा हात्तीप्रति गरिने व्यवहार संवेदनहीन छ । त्यसैले यस प्रकारका महोत्सवमा हात्तीको प्रयोग रोक्नु पर्छ ।’
जोनले पोलो र फुटबलजस्ता खेलमा हात्तीलाई प्रयोग गर्दा उनीहरूको शारीरिक स्थितिमा नकारात्मक असर पर्ने पनि जिकिर गरेका छन् ।
उनले जङ्गल सफारीमा नाममा हात्तीमाथि पर्यटक राखेर जङ्गल घुमाउने परम्परा पनि अन्त्य गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण